१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बलात्कार प्रयासको आरोपमा कांग्रेसका वडा सदस्य पक्राउ

त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङकी २६ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा नेपाली कांग्रेसबाट निर्वाचित सोही वडाका वडा सदस्य ५३ वर्षीय वीरबहादुर बमलाई प्रहरीले ०७८ साउन ११ गते पक्राउ गरेको छ।  

फुल्चिङस्थित महिलाकै घरमा ०७८ असार २५ गते बलात्कार प्रयास गरेर फरार रहेका वडा सदस्य बमलाई पीडितले ०७८ साउन ४ गते दिएको उजुरीको आरोपमा साउन ११ गते त्रिपुरासुन्दरी नगरपालिका ७ छलगाउँमा आफन्तकहाँ लुकेर बसेको अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी चौकी त्रिपुराकोटका इन्चार्ज सई रुद्रबहादुर शाहीले बताए। 

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले पीडित महिलाको जिल्लास्थित अस्पतालमा स्वास्थ्य परीक्षण गराएर पीडकमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित: १२ श्रावण २०७८ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App