१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश १ मा ६ सय ७३ संक्रमित थपिए, ९ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ। १ हजार ५ सय ८५ जनाको पीसीआर परीक्षणमा ४ सय ५७ र ७ सय ६७ जनाको एन्टिजेन परीक्षणमा २ सय १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ७४, मोरङमा १ सय ५९, सुनसरीमा ८५, इलाम र उदयपुरमा ६–६, संखुवासभा र तेर्‍हथुममा ४–४, धनकुटामा ३, खोटाङमा २, ताप्लेजुङ, पाँचथर, भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको छ। झापाको विर्तामोडमा ५०, दमकमा ४४, शिवसताक्षीमा २३, अर्जुनधारा र मेचीनगरमा १४–१४, कनकाईमा १२, बार्‍हदशी, गौरादह, कमल गाउँपालिका र गौरीगञ्जमा ३–३, भद्रपुर र बुद्धशान्तिमा २–२ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ।  

मोरङको लेटाङमा ४७, विराटनगरमा ४५, सुन्दरहरैचा र उर्लाबारीमा १४–१४, केराबारीमा १३, पथरीशनिश्चरेमा ७, कानेपोखरीमा ५, बुढीगंगामा ४, बेलबारी, कटहरी र सुनबर्षीमा २–२, मिक्लाजुङ, रतुवामाई, रंगेली र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको छ। सुनसरीको इटहरीमा ६६, रामधुनीमा ५, धरानमा ४, इनरुवामा ३, बर्जु, दुहवी र बराहक्षेत्रमा २–२ र गढीमा १, इलामको इलाम नगरपालिका, चुलाचुली, माई, सुर्योदय र मांसेबुङमा १–१ जनामा संक्रमण देखिएको छ। उदयपुरको त्रियुगामा ३, उदयपुरगढीमा २, बेलकमा १, संखुवासभाको खाँदबारी र धर्मदेवीमा २–२, तेर्‍हथुमको म्याङलुङमा ४, धनकुटाको धनकुटा नगरपालिकामा २, महालक्ष्मीमा १ जनामा संक्रमण देखिएको छ।

खोटाङको बराहपोखरी र दिक्तेल रुपाकोट मझुवागढी १–१, ताप्लेजुङको आठराई त्रिवेणी, पाँचथरको हिलिहाङ, भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा आइतबार ३ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ६ महिला र १ सय ४६ पुरुष छन्। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १० श्रावण २०७८ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App