१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राजदूत आचार्यको फोन पेगासस सूचीमा

संसारभरका ५० हजारभन्दा बढी फोन नम्बरमा अवैध रूपमा प्रवेश गरेको पेगासस स्पाइसवेअर भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसहित विभिन्न देशका कूटनीतिज्ञ, पत्रकार, नेता र अभिन्यताहरू फोन ह्याक गरेर सम्भावित निगरानी गरेको हुनसक्ने खुलासा भएको छ।

इजरायलको एनएसओ ग्रुपले निर्माण गरेको पेगासस सफ्टवेरमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारको आलोचक र दिल्लीमा रहेका नेपाल, चीन र अफगानस्थान, साउदी अरब र पाकिस्तानलगायत देशका राजदूतहरूको समेत चार वर्षको अवधिमा फोन ट्यापिङ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको थियो। एनएसओले ५० हजारभन्दा बढी फोन नम्बर आफ्ना सेवाग्राहीहरूलाई प्रदान गरेको हुनसक्ने जनाइएको थियो।

फ्रान्सेली पत्रिका ले मुण्डमा सोमबार प्रकाशित समाचारमा लेखिएको थियो, ‘पाकिस्तानी प्रधानमन्त्री इमरान खान र भारतका लागि उनका राजदूत सम्भावित निगरानीको सूचीमा छन्।

 दिल्लीमा रहेका काम गर्दै आएका अरु दर्जनौं राजदूत तथा कूटनीतिज्ञहरू पनि सो सूचीमा छन्। यसरी सम्भावित निगरानीको सूचीमा हुनेमा भारतका लागि इरान,अफगानिस्तान, चीन, नेपाल र साउदी अरेबियासहितका राजदूतहरू छन्।’

जासुसी सफ्टवेयर पेगाससले फोन नम्बर प्रयोगकर्तालाई लिंक पठाउने गरेको र लिंक थिचिएलगत्तै आइओएस र एन्ड्रोइड फोनको डिभाइसबाट म्यासेज, फोटो, इमेल र टेलिफोन सम्बन्धी जानकारीमाथि नियन्त्रण राख्ने गरेको तथ्य बाहिरिएको थियो।

एनएसओले भने आफूले कुनै पनि प्रकारको खराब काम नगरेको दाबी गरेको थियो। आपराधिक गतिविधि नियन्त्रणका लागि बनाइएको सफ्टवेयर सेना, प्रहरी र गुप्तचर निकायलाई मात्र उपलब्ध गराइएको एनएसओले जनाएको थियो। मावनअधिकार उल्लंघनका लागि सफ्टवेयरको प्रयोग नगरिएको दाबी उसको गरेको थियो।

प्रकाशित: ६ श्रावण २०७८ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App