१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

सीमा विवाद हुँदा आफ्नै भाईले दाजुलाई देखाए पेस्तोल, दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु

जग्गाको सीमा विवादमा सुनसरी कोशी गाउँपालिका वडा नं. ५ मा आफ्नै भाईले दाजुलाई कटुवा पेस्तोल देखाएका छन्।  कोशी गाउँपालिका वडा नं. ५ का  अन्दाजी ४५ वर्षे इन्द्रदेव यादवले ५० वर्षे विध्यानन्द यादवलाई पेस्तोल देखाएर त्रास देखाएका हुन्।   

लगतै,  विध्यानन्दले ईप्रका लौकही र सशस्त्र प्रहरी वल पोष्ट श्रीपुरमा फोन गरेर सूचना दिए । प्रहरीले दाजु विध्यानन्द र भाई इन्द्रदेवलाई पक्राउ गरेको छ । ‘सामान्य सीमा विवादको विषयमा भाई इन्द्रदेवले दाजु विध्यानन्दलाई हतियार देखाएको सूचना आएपछि तत्काल प्रहरीले दुवैलाई पक्राउ गरेर अनुुन्धान थालिएको छ,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कार्कीले भने ।  

उनका अनुसार घटनास्थलमा प्रहरी टोलीले विध्यानन्दको घरदेखि झन्डै ३०० मिटर पुर्वमा रहेको आपको फेदमा कालो प्लाष्टिकले वेरेर राखेको अवस्था एक राउन्ड गोली लोड भएको कटुवा पेस्तोल फेला परेको छ । पक्राउ परेका दुवै जनाबिरुद्द प्रहरीले हात हतियार तथा खरखजना सम्वन्धि कसुर अन्तर्गतको मुद्दा चलाउने जनाएको छ।  

 

प्रकाशित: २ श्रावण २०७८ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App