coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेपाली सेना अब तीन जोड एक कमान्ड संरचनामा

नेपाली सेनाले सांगठनिक पुनःसंरचना गर्दै ३ जोड १ कमान्ड संरचनामा प्रवेश गरेको छ। नेपाली सेनाको सांगठनिक पुनःसंरचना २०७७/७८ लाई असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत दिएपछि शुक्रबारदेखि यो कार्यान्वयनमा आएको हो। यसअघि गत फागुन २० गते बसेको मन्त्रिपरिषद्को बैठकले ३ जोड १ संरचनालाई स्वीकृत दिएको थियो। 

प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच शुक्रबार सैनिक मुख्यालयमा नयाँ संरचनाअन्तर्गत बनेका कमान्ड सेनापतिहरूलाई कमान्ड झन्डा हस्तान्तरण गरेका छन्। सेनाले यसअघिका आठ पृतना हेडक्वार्टरलाई चारवटा कमान्डमा स्तरोन्नति गरेको हो।  

नयाँ कमान्ड संरचनालाई पूर्वी कमान्ड, पश्चिम कमाण्ड, मध्य कमान्डर उपत्यका कमान्ड नामाकरण गरिएको छ। सेनाले सांगठनिक पुनःसंरचनाले हालरहेको सेनाको संख्यार विशिष्ट श्रेणीको दरबन्दी संख्यामा कुनै हेरफेर नहुने जनाएको छ। साथै यसले गर्दा मध्यक्रमका अधिकृत, पदिकर बिल्लादारहरूको वृत्ति विकासमा परेको समस्यालाई सम्बोधन गर्ने सेनाको दाबी छ।  

सेनाले मुख्य रूपमा अन्तर्राष्ट्रिय, क्षेत्रीय तथाराष्ट्रिय सुरक्षा परिवेशर अन्तर्राष्ट्रिय अभ्याससमेतलाई दृष्टिगत गरी नेपाली सेनालाई समयानुकूल थप व्यावसायिक, अनुकूल, चलायमानर गतिशील बनाउन संरचनामा परिवर्तनको आवश्यकतारहेको जनाएको छ। नयाँ संरचनाले सबै प्रकारका वर्तमानर भावी चुनौती सामना गर्न सक्ने आधुनिक सेनाको परिकल्पनाअनुसारका क्षमताहरू हासिल गर्न आधार तयार हुने सेनाको दाबी छ।

प्रकाशित: २ श्रावण २०७८ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App