२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

जलेश्वर कारागारबाट ५७२ कैदी भागे

महोत्तरीको जलेश्वर कारागारबाट ५७२ जना कैदी फरार भएका छन्। मंगलबार साँझ ७ बजे ५ सयभन्दा बढीको संख्यामा प्रदर्शनकारी कारागार पुगेपछि कैदीहरू पर्खाल भत्काएर फरार भएका छन्।  

प्रदर्शनकारीहरू बाहिरबाट र भित्रबाट कैदीले एकै साथ पर्खाल भत्काएपछि स्थिति नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए।  

उनले भने, ‘आन्दोलनकारीको हातमा भाटा र कैदीको हातमा खाना बनाउन ल्याएको चिर्पट हुँदा प्रहरीले नियन्त्रण गर्न सकेन।’  

अहिले जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ। सुरक्षा निकायको बैठक बोलाइएको छ। अवस्था तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ बजेर ४० मिनेटदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

प्रकाशित: २४ भाद्र २०८२ २१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App