१६ चैत्र २०८० शुक्रबार
समाज

धानको ब्याड राख्ने बेला पानीको विवादले हत्या

पाँचथर सदरमुकाम फिदिम नजिकै जोरसालमा ७९ वर्षीय टेकबहादुर लिम्बुको हत्यामा संलग्न व्याक्तिलाई प्रहरी पक्राउ गरेको छ । जेठ २९ गते राती घरमै हत्या भएको अवस्थामा फेला परेका लिम्बुको हत्यामा संलग्न व्यक्तिलाई पहिचान गरी प्रहरीले पक्राउ गरेको हो ।  

पाँचथरका प्रहरी प्रमुख डिएसपि दानबहादुर थापाका अनुसार फिदिम–२ पल्लाटारका ५९ वर्षीय जीव नारायण श्रेष्ठलाई पक्राउ गरिएको हो । बुधवार जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धानको काम अघि बढार्ईएको डिएसपि थापाले जानकारी दिए ।  

जोरसाल बजार नजिकै सडक छेउकै घरमा भएको हत्याको घटनालाई चासो र चिन्ताका साथ हेरिएको थियो ।  घटना स्थलमा पर्याप्त प्रमाण नहुँदा अनुसन्धानमा समस्या भएको थियो । प्रहरीले घटना भए लगत्तै धरानबाट तालिम प्राप्त  कुकुर झिकाएर अनुसन्धान गरेको थियो । प्रदेश प्रहरी व्यूरो टोली समेत परिचालन भएको थियो । पर्याप्त प्रमाण नभएकको तथा मृतककी श्रीमती शारिरिक रुपमा अशक्त भएका कारण अनुसन्धानमा समस्या भएको थियो ।

लिम्बुको घरमै बाम्फोक प्रहार गरी हत्या भएको खुल्न आएको छ । पक्राउ परेका श्रेष्ठ यान्त्रिक कार्यालय फिदिमका सुरक्षा गार्डको रुपमा रहेकोे पाइएको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परको श्रेष्ठसँग लिम्बुको साँध सिमानाको विषयमा पटक पटक विवाद हुने गरेको खुल्न आएको छ । घटना भएको दिन खेतमा धानको ब्याड राख्न जादा पानीको विषयमा झगडा परेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । घटना भएको राती ७ः३० बजेको समयमा श्रेष्ठ खेतमा जादा लिम्बुले पानी लगेको पाएपछि रिसको आवेकमा आएर हत्या गरेको प्रहरीलाई बताएका छन् ।  

हत्यामा प्रयोग भएको बामफोक, सोते तथा श्रेष्ठले लगाएको लुगा लगायतका सबुत प्रहरीले जुटाएको छ । समान्य नागरिकको जीवन विताईरहेका लिम्बुको के कारणले हत्या भएको हो भन्ने विषय चासोका साथ हेरिएको थियो । 

प्रकाशित: २३ असार २०७८ ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App