२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धनकुटामा औद्योगिक ग्राम निर्माण प्रक्रिया तीव्र गतिमा

धनकुटाको छथरजोरपाटी गााउपालिकाको वडा नं ३ सिंभुवा गाँउमा निर्माण भइरहेको औद्योगिक ग्रामको एक कार्यक्रमकाबीच संघिय संसद राजेन्द्र कुमार राईले  निर्माण कार्यको अनुगमन तथा निरीक्षण गरेका छन्।  

संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीतिअनुसार उद्योग मन्त्रालयको बहु वर्षीय योजनाअन्तर्गत गत मंसिर महिनाबाट पहिलोचरणको औद्योगिक ग्राम निर्माण कार्य सुरु गरिएका हो।  २०७७/०७८ मा ९२ लाख विनियोजित ग्राम निर्माणका लागि मोरङ चिसाङ कन्ट्रक्सन एण्ड सप्लायर्सले ६३ लाख १२ हजार ३ सय ६५ रुपैया ठेक्कामा निर्माण कार्य भईरहेको गााउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिए।  

अहिले पहिलो चरणको निमार्ण कार्य तीव्ररुपमा अगाडि बढिरहेको वडा नं ३ का वडा अध्यक्ष ज्ञान बहादुर लिम्बुले बताए। ९१ रोपनी सरकारी जग्गामा निर्माण सुरु गरिएको औद्योगिक ग्रामको दुई वटा भवन ३ कोठो, सौचालय , औघोगिक ग्राम जाने बाटो १ सय ५० मिटर  सोलिङ, ३ सय मिटर कम्पाउण्ड वाल, २० हजार लिटर ग्रामका लागि पनि जम्मा गर्ने टंयाकी, ग्राउण्ड फिल्ड निमार्णका काम भईरहेकोे वडा अध्यक्ष लिम्बूले बताएका छन्। 

संघिय सासंद राईले वर्ष पिच्छे औघोगिक ग्राम निमार्णका लागि छथरजोरपाटी गाँउपालिकाको वडा नं ३ सिंभुवा गाँउमा औद्योगिक ग्राम निर्माण कार्य तीव्ररुपमा अगाडि बढ्दै बजेट विनियोजन हुने जानकारी गराउँदै निमार्ण कार्यलाई व्यवस्थित र चाडैं निमार्ण सकिने गरि तीव्र ढंगले निमार्ण काम अगाडि बढाउन आग्रह गरे।  

औद्योगिक ग्राम निर्माण पछि गाँउपालिका भित्रका महिलाहरुले रोजगारी पाउने आशा गरिएको भन्दै ग्राममा अचार बनाउने, टपरा बुन्ने र स्थानिय उत्पादन कच्चा पदार्थबाट विभिन्न किसिमका उत्पादन गर्नु पर्ने स्थानीय बिष्णु भुजेलले बताए। अनुगमन निरीक्षणका क्रममा नेकपा एमाले धनकुटाका स्थानीय तह विभागका संयोजक शिवआङला, उपाध्यक्ष भिमकला श्रेष्ठ, ईन्जिनियर, स्थानीय र सञ्चारकर्मीको टोली सहभागी थिए। ग्राम सञ्चालनका लागि जम्मा ३३ वटा भवन निमार्ण हुने निर्माण समितिले जनाएको छ। 

प्रकाशित: २३ असार २०७८ ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App