१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

आर्थिक अनियमितता ढाकछोपका लागि सूचना लुकाउँछन् डोल्पाका कार्यालय प्रमुख

जिल्लाका प्रदेश संघीय र स्थानीय तह मातहतमा रहेका कार्यालय प्रमुखहरुले आर्थिक अनियमितता ढाकछोपका लागि सूचना लुकाउने गरेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीलाई प्रदान गरिँदै आएको सेवा प्रवाह र प्रभावकारीताको बारेमा जिल्लास्थित संचारकर्मीहरुसँग प्रशासनले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी  पत्रकारहरुले आफुहरुले मागेको अवस्थामा सुचना पाउन नसकेको गुनासो गरेका  हुन् । डिभिजन वन इकाई कार्यालय, जिल्ला कृषि विकास कार्यालय, पशुअस्पताल तथा पशुसेवा कार्यालय भौतिक पुर्वाधार कार्यालय , सामाजिक विकास कार्यालय लगायत ठुलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकामा संचारकर्मीहरुले मागेको अवस्थामा सूचना पाउननसकेको गुनासो गरेका  हुन् ।

 सुशासन, विकास र सेवाप्रवाहलाई प्रभावकारी बनाउन सूचना प्रवाह महत्वपूर्ण हुने प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए । कुनै पनि नागरिकले प्रशासनमा आएर खाली हात फर्कनु पर्ने अवस्थाको अन्त्य हुने गरी सेवाप्रवाह भइरहेको प्रजिअ ढकालको भनाई थियो । टाठाबाठाहरुले जे जसरी भएपनि छिटोछरितो सेवा लिइने भएकाले निमुखा बोल्न नसक्ने सर्वसाधारणले सहज रुपमा सेवा पाउन सकोस भनेर जिल्लास्थित सबै सरकारी कार्यालयहरुलाई निर्देशन दिइएको जाजरकोट डोल्पा सडक खण्डमा विभिन्न समयमा प्रकृतिले सृजना गर्ने गरेको अवरोध स्थानीय तहरुले विभिन्न स्थानहरुमा उठाउने गरेको यातायात कर हटाउने कार्य, विकास कार्यमा हुने गरेका आर्थिक अनियमितता सम्बन्धमा खवरदारी गरिरहेको समेत प्रशासनले जनाएको छ । 

यसैगरी कोभिड–१९ को नियन्त्रण न्युनीकरणमा विशेष रुपमा केन्द्रित रहनु पर्ने भएकाले समय समयमा बजार अनुगमन गरिएपनि जिल्लाका विभिन्न स्थानमा रहेका पसलहरुमा दैनिक उपभोग्य वस्तु लगायत विकास निर्माणका सामग्रीहरुमा कालो बजारी भई मुल्य आकासिएकाले छिट्टै अनुगमन गरी मूल्य घटाउन तर्फ पहल गरिने समेत कार्यक्रममा जानकारी दिइयो । असारे विकासको चटारोमा विभिन्न कार्यालयले आफू अनुकलको योजना अनुगमनको नाममा अनुगमन गराइरहेकाले कार्यालयको चयनमा नभई अनुगमनकर्ताले पहिले योजनाहरुको फेहरिस्ता मागेर जानकारी नगराई स्थलगत अनुमन गरि राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भनेर सुधारको लागि प्रतिवेदन दिईए संचारकर्मीहरुले पनि सोही अनुरुपको निष्पक्ष भएर कलम चलाउनु पर्नेमा प्रजिअ ढकालले जोड दिए । सूचना नै सुशासनको आधार स्तम्भ भएकाले यदि कुनै कार्यालय प्रमुख वा सूचना अधिकारीले मागेको अवस्थामा सूचना नदिएमा प्रशासनलाई खबर गर्न समेत पत्रकारहरुलाई प्रजिअ ढकालले आग्रह गरे । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय संचारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: २१ असार २०७८ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App