१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डोल्पामा हट्यो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालयमा सोमवार विहान बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा लगाउँदै आएको निषेधाज्ञा हटाउने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकाल अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाको आतिथ्यतामा बसेको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

लामो समय सम्म भएको  निषेधाज्ञा बन्दाबन्दीले कोरोना संक्रमणदर घट्दै गएकोले  जनस्वास्थ्यका सामान्य मापदण्डहरु पालना गर्ने गरि असार २२ गतेबाट लागु हुने गरि अर्को निर्णय नभएसम्मको लागि लगाइदै आएको निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए।

सर्वसाधारणको आवतजावत तथा दैनिकीलाई सहज बनाउन निषेधाज्ञा हटाइने निर्णय गरिएको भएपनि घर वाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउने भौतिक दुरी कायम गर्नु पर्ने सेनिटाइजर लगाउने तथा सावुनको प्रयोग गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।यसैगरि जिल्ला भित्र संचालन हुने सबै सवारी साधनहरु जनस्वास्थ्यका मापदण्ड पालना गरि पुरानै भाडादरमा सिट क्षमता अनुसार संचालन गर्ने निर्णय बैठकले गरेको छ ।

विद्यालय संचालनका सम्बन्धमा कोभिड १९ को अवस्था तथा जोखिम विश्लेषण गरी कोभिडको जोखिम नहुने गरि सम्बन्धित स्थानीय तहहरुले निर्णय गर्न सक्ने निर्णय गर्नुका साथै जिल्ला वाहिरबाट सडक मार्ग तथा यातायातबाट जिल्ला भित्रनेहरुलाई पिसिआर परीक्षणको नेगेटिभ रिर्पोट अनिवार्य गरिएकोमा असार २२ बाट सो व्यवस्थामा खुकुलो बनाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ। जिल्ला भित्रका होटल तथा ठुलासाना सबै प्रकारका पसलहरु पुर्ववत अवस्थामा खुला राखिने भएका छन ।निषेधाज्ञ हटाउने निर्णय भएसंगै सदरमुकाम दुनैबजार त्रिपुराकोट र जुफाल बजारमा सर्वसाधारणको चहलपहल बढेको छ।

प्रकाशित: २१ असार २०७८ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App