आफ्नै छोरी बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १५ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका– ८ सुडालका ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका अनुसार घरमा कोही नभएको मौका पारी बाबुले संवेदनशील अंगमा छुने, समाउने कार्य गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।
बाल यौन दुरुपयोग कसुरमा किटानी जाहेरी दरखास्त का आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ गरी भक्तपुर जिल्ला अदालतमा कसुरदारलाई पेश गरेको परिसका सूचना अधिकृत दीपक गिरीले बताए । उनलाई पाँच दिन म्याद थप अनुमति प्राप्त गरी थप घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १९ असार २०७८ ०७:५९ शनिबार