१२ पुस २०८१ शुक्रबार
image/svg+xml २४:१६ अपराह्न
समाज

‘प्रत्यक्ष कार्यक्रमका पत्रकारको चरित्र हत्या भएकोमा सर्वत्र निन्दा’

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल ईन्जा ग्लोबलले गत आइतबार एउटा प्रत्यक्ष कार्यक्रमका क्रममा पेरिसबासी पत्रकार अनुराधा पौडेलमाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ।

एनआरएनए अन्तर्गतको संस्कृति तथा सम्पदा उपसमितिद्वारा गत आइतबार  युरोपमा आयोजित एनआरएन द सिंगर कार्यक्रमबारे जानकारी गराउन भर्चुअल पत्रकार सम्मेलन आयोजना गरिएको थियो। कार्यक्रम चलिरहँदा एनआरएनका आइसीसी सदस्य प्रेम पोमुले पत्रकार पौडेललाई गालीगलौज गर्न सुरु गरेका थिए।

इन्जा ग्लोबलले प्रत्यक्ष चलिरहेको कार्यक्रममा कुनै महिला पत्रकारमाथि भएको दुर्व्यवहार सामान्य नभएको जनाएको छ। इन्जाले पोमुलाई एनआरएनए आइसीसी सदस्यबाट निलम्बन गरी क्षमा याचना गर्न एनआरएनसँग माग गरेको छ।

जर्मनीको ह्याम्वर्ग शहरमा बसोबास गर्ने पोमु यसअघि त्यहाँका जातिय संस्थाहरुसँग आवद्द थिए। जर्मनीका उद्यमी कुमार पन्त एनआरएनको पछिल्लो महाधिवेशनमा निर्वाचित भएपछि पन्तले नै पोमुलाई आइसीसी सदस्यमा मनोनित गरेका हुन्।  

इन्जाले महिला पत्रकार माथि एनआरएनको कार्यक्रममा यसरी दुर्व्यवहार हुँदा पनि एनआरएन केन्द्र मौन रहनु उदेकलाग्दो भएको जनाएको छ। यस्तै नेपाल पत्रकार महासंघ युरोपकी अध्यक्ष सरस्वती कार्कीले एक विज्ञप्ती जारी गर्दै पोमुलाई अविलम्ब कारवाही गर्न एनआरएन केन्द्रसँग माग गरेकी छन्।

प्रकाशित: १९ असार २०७८ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App