१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गएराति १० बजेर २ मिनेटमा गएको भूकम्पको धक्का प्रदेशका बझाङ, बाजुरालगायत जिल्लामा महसुस गरिएको हो।  

सो भूकम्पको केन्द्रविन्दु बझाङ र बाजुराको सीमा सैपाल नजिक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए। भूकम्प ४ दशमलव १ रेक्टर स्केलको गएको केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन।

प्रकाशित: १९ असार २०७८ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App