१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा  कलैया उपमहानगरपालिका–२ औधापुर निवासी ४५ वर्षीय रामदेव पटेल रहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।

धान खेतमा काम गरिरहेका पटेललाई बिहान करिब पौने आठ बजे जंगली हातीले आक्रमण गरि गम्भीर घाइते बनाएको र गम्भीर घाइते भएका पटेललाई उपचारकालागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको मिश्रले बताए।

हात्ती अहिले कलैया उपमहानगरपालिकाको बिभिन्न वडाहरुमा प्रवेश गर्ने र त्याहाँबाट अन्यत्र सर्ने गरेको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताएका छन्। हात्तीलाई नियन्त्रणमा लिनको लागि पर्सा राष्टिय निकुञ्चबाट प्राबिधिक टोलीलाई बोलाइएको शाहीले बताए।

प्रकाशित: १८ असार २०७८ ०५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App