५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मनसुन सक्रिय भएसँगै विशेष सावधानी अपनाउन प्रशासनको आग्रह

मनसुन सक्रिया भएसँगै जिल्ला प्रशासन कार्यालय खोटाङले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। 

वर्षाको सिजन सक्रिया भएसँगै बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्ती निम्तिने खतरा बढेको भन्दै प्रशासनले विशेष सावधानी अपनाउन आग्रह गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जारी गरेको सूचनामा उच्च जोखिम रहेको बस्ती पहिचान गरी खोला, नदी किनार, जोखिमपूर्ण क्षेत्र आसपास बसोबास गर्ने बस्तीमा जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन भनिएको छ।  

मनसुन अवधिभरी बाढी आएको समयमा खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने कार्य निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आफ्नो आसपासको ठाउँमा बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिए तथा खोज उद्धार गर्नुपर्ने अवस्थामा नजिकैको सुरक्षा निकाय, जिल्ला प्रहरी कार्यालयमा १०० मा फोन गर्न, जिल्ला आपतकालीन सञ्चालन केन्द्रको फोन नम्बर ०३६–४२०६८१ वा राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ मा फोन गर्न सूचनामा भनिएको छ। मौसम सम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ मा फोन गरेर जानकारी लिन सकिने जनाइएको छ।  

मनसुनको समयमा खानेकुरा, कपडा, औषधि पानी लगायतका आवश्यकीय वस्तुको भण्डार गर्न, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा बालबालिकाका बारेमा बिशेष सावधानी अपनाउन प्रशासनको अपिल छ।

प्रकाशित: १७ असार २०७८ १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App