२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा ५५५ संक्रमणमुक्त हुँदा ४७८ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार  ४ सय ७८ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ३ सय ५९ जनाको कोरोना परीक्षण गर्दा ४ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो।

झापामा १ सय ४३, सुनसरीमा १ सय ३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६–६, तेर्‍हथुममा ३, संखुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १–१  र  प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। झापाको विर्तामोडमा ५४, कनकाईमा २१, दमकमा १६, भद्रपुरमा १५, मेचीनगरमा ११, अर्जुनधारामा १०, शिवसताक्षीमा ८, झापा गाउँपालिकामा २, कचनकवल, गौरादह र कमल गाउँपालिकामा १–१ र स्थानीय तह तखुलेका ३ जनामा कोरोना संक्रमण देखिएको छ।  

यसैगरी, सुनसरीको धरानमा ८२, इटहरीमा ३३, रामधुनीमा ७, बराहक्षेत्रमा ६, गढीमा ३, दुहवी र इनरुवामा २–२ र स्थानीय तह नखुलेका ४ जनामा कोरोना संक्रण देखिएको छ। मोरङको सुन्दरहरैचामा ३१, विराटनगरमा २८, केराबारीमा १२, पथरीशनिश्चरेमा ९, बेलबारीमा ५, मिक्लाजुङमा ३, उर्लाबारी र कटहरीमा २–२, बुढीगंगा, ग्रामथान, रंगेली, लेटाङ र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

त्यसैगरी, ताप्लेजुङको मिक्वाखोलामा ५, मैवाखोलामा ३, फक्ताङलुङमा २, इलामको देउमाईमा ३, इलाम नगरपालिकामा २, माई र चुलाचुलीमा १–१, उदयपुरको त्रियुगामा ३, बेलका, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, पाख्रिवास, शहिदभूमी र स्थानीय तह नखुलको १–१, तेर्‍हथुमको म्याङलुङमा २ र स्थानीय तह नखुलको १ जनामा कोरोना संक्रमण देखिएको छ। संखुवासभाको खाँदबारीमा २, ओखलढुङ्गामा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र खोटाङको हलेसी तुवाचुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२ हजार १४७ पुगेको छ। सक्रिय संक्रमित ७ हजार १६१ रहेको छ। प्रदेश १ मा बिहीबार ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७ सय ४३ पुगेको छ।

प्रकाशित: १७ असार २०७८ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App