६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विपन्न परिवारलाई राहत

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा संचालित महिला, शान्ति र सुरक्षा कार्यक्रमबाट रोल्पा जिल्लाका द्वन्द्वपीडित महिलाहरुका लागि राहत वितरण गरेको छ।

रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिकाका उनीहरुलाई राहत स्वरुप चामल, दाल, नुन, तेल, सेनेटरी प्याड, साबुन र मास्क लगायतका सामग्री वितरण गरिएको हो।  

कोरोना महामारीका समयमा उनीहरुको घरको चुलोमा आगो बल्न छोडेको दाङस्थित नेपाल महिला सामुदायिक सेवा केन्द्रले जानकारी पाएपछि राहतको आवश्यकता ठहर गर्दै वितरण गरिएको संस्थाका सचिव शिवा योगीले बताइन्। ‘सानो सहयोगको सुरुवात गरेका हौं। विपन्न परिवारमा समस्या परेको खबरले यो सहयोग गरिएको हो।’ उनका अनुसार होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई अटोमेटीक सेनिटाईजर डिस्पेन्सर समेत हस्तान्तरण गरिएको छ। स्वास्थ्य केन्द्रका प्रमुख डा. विशाल कुवँरले पहिलो पल्ट आएको अटोमेटीक सेनिटाईजर डिस्पेन्सरले स्वास्थ्यकर्मी र बिरामीलाई सहज हुने बताए।

अति बिपन्न परिवारका द्वन्द्वपीडित महिलाहरुले यो राहतले आफूहरुका लागि ठुलो काम गर्ने बताए। केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले द्वन्द्वपीडितलाई कोरोना कहरमा भुलेको आरोप लागिरहँदा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको यो सहयोगले आफूहरुका लागि केही समयका राहत हुने महिलाहरुको भनाइ छ।

प्रकाशित: १६ असार २०७८ १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App