२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

भर्चुअल माध्यमबाट कृषकलाई कौशी खेती तालिम

आजको प्राविधि युगमा सिकाइको माध्यम प्रशिक्षक प्रत्यक्ष आमन्नेसामुन्ने मात्र हो भनेर हुँदैन। अझ कोरोना महामारीको बेला त हरेक सिकाईं प्रत्यक्षभन्दा पनि बैकल्पिक माध्यमबाट हुँदै आएको छ। यही क्रममा सोमबार इटहरी उपमहानगरपालिकाले कौशी खेती गर्न चाहने महिलालाई भर्चुअल माध्यमबाट तालिम दिइएको छ।  

कोरोना महामारीका कारण भेला भएर कार्यक्रम गर्न सम्भव नभएपछि कौशी खेती गर्न गठित सातवटा समूहका १ सय ३४ जनालाई आफ्नै घरको कोठाबाट सिक्ने अवसर अनलाइनमार्फत दिलाएको इटहरी उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिइन्। उनका अनुसार इटहरी वडा नं. २०, ४ र ६ मा आफ्नै घरमा कौशी खेती गर्नका लागि समूह बनाएका सातवटा समूहमा आबद्ध महिलाले भर्चुअल माध्यममार्फत तालिम लिन पाए।  

तालिममा सहभागी इटहरी वडा नं. ६ को उर्जाशिल कौशी कृषक समूहकी लक्ष्मी वरालले अनलाइनको प्रयोग गरि तालिम लिँदा पक्कै पनि फरक अनुभूति भएका बताइन्। उनले अब सिकाईं परम्परागतभन्दा पनि समय र परिस्थिती अनुसार जोड दिन पनि सन्देश दिएको बताइन्।  

इटहरी उपमहानगरपालिकाले कौशी खेती गर्न गठित महिला समूहलाई प्रति समूह २ लाखका दरले सहयोग उपलब्ध गराउने शाखा प्रमुख अधिकारीले बताइन्। कौशी खेती गर्नका लागि आवश्यक समग्री खरीदका लागि रकम उपलब्ध गराइनेछ । थप एक लाखको कौशी खेतीका लागि बिउ खरीद गरेर कृषि महिला समूहलाई दिइने उनले जानकारी दिइइन्।  

तालिमममा कृषि शाखा अधिकृत अधिकारी र विमला राईले सहजीकरण गरेकी थिइन्। सो क्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले आफूले गरेको कौशी खेतीको अनुभव सुनाएकी थिइन्।  

प्रकाशित: १४ असार २०७८ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App