१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बसले मोटरसाइकल र पिकअपलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिकामा आइतबार बिहान हायसले मोटरसाइकल र पिकअप भ्यानलाईं ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।  

कोशी वडा नं.८  मा भएको दुर्घटनामा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वर वडा नं. ५ का २८ वर्षीय उदयत साह, मोटरसाइकलमा सवार विराटनगर वडा नं.९ का अन्दाजी ४५ वर्षीय रामप्रसाद साह र पिकअप भ्यानका चालक विराटनगर वडा नं. ७ का अन्दाजी ४० वर्षीय अजयकुमार गुप्ताको मृत्यु भएको हो। 

प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परि हायसका चालक नुवाकोट विदुर वडा नं. १३ का ३५ वर्षीय विकास तामाङ् र सोही ठाउँका सहचालक २५ वर्षीय नारायण बत्सयाल सामान्य घाइते भएका छन्। दुवैको जिल्ला अस्पताल इनरुवामै उपचार भइरहेको छ।

आइतबार ७ बजेर ५ मिनेटमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ३ ख ७२२४ नम्बरको हायसले पूर्व तर्फ आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। हायसले मोटरसाइकललाई ठक्कर दिँदा उछिटिएर सडकभन्दा तल झरेको र सोही हायसले पुनः पश्चिमबाट पूर्व आउँदै गरेको को १ च ९३६८ नम्बरको पिकअप भ्यानलाईं ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनायो।  

प्रकाशित: १३ असार २०७८ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App