७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बलात्कार प्रतिकार गर्दा सन्तोषी सुव्बाको हत्या गर्ने युवक पक्राउ

पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्ने सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका १४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना हुन्। उनी गाडीको सहचालक रहेको खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

अनुसन्धानको क्रममा सुब्बाले आफूलाई खाना र बासको समस्या भएको बताएपछिअभियुक्त तिमल्सिनाले आफूले काम गर्ने गाडीमा व्यवस्था गरिदिने भन्दै घटनास्थलतर्फ लगेका थिए। 

त्यहाँ उनले जबरजस्ती गर्ने क्रममा मृतक सन्तोषीले प्रतिकार गरे पश्चात तिमल्सिनाले घाँटी थिची मृतकको सलले घाँटीमा बेरी हत्या गरेको प्रहरीले जनाएको छ।  

शवको पहिचान नखुलोस भनेर तिमल्सिनाले हत्या पश्चात ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी विभत्स बनाएको थियो। उनको शव दक्षिणकाली पिकनिक स्पटको छेऊ पुरानो ट्वाइलेटमा बुधबार विभत्स फेला परेको थियो।

आरोपी तिमल्सिनालाई इनबहालबाट पक्राउ गरी थप अनुसन्धान भईरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ।  

प्रकाशित: १० असार २०७८ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App