१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

४५ वर्षे पुरुषसँग बिहे गराइएकी बालिकाको उद्दार

४५ वर्षे पुरुषसँग जबर्जस्ती बिहे गराइएकी १७ वर्षीया बालिकाको उद्दार गरिएको छ। पतिले रातदिन कुटपिट गरी घरबाट निकालेपछि माइतीघर बसेकी बालिकाको माइजोगमाई गाउँपालिकाबाट उद्दार गरिएको हो।

सन्दकपुर गाउँपालिकाका पुरुषसँग २ वर्षअघि १५ वर्षकै उमेरमा बालिकाको बिहे भएको थियो। ती बालिकाकी १ वर्ष ८ महिनाकी छोरीसमेत छिन्।

पीडित बालिकाले मानवअधिकार मञ्च नेपालस्थित बाल हेल्पलाइन–१०९८ मा सम्पर्क गरेपछि मञ्च र प्रहरीको संयुक्त टोलीले उनलाई उद्दार गरेको हो। उद्दार गरिएकी बालिकालाई सुरक्षित आवास गृहमा राखिएको मञ्चका मनकुमार बराइलीले जानकारी दिए। ‘पीडितको जन्मदर्तासमेत रहेनछ,’ बराइलीले भने, ‘कागजात जुटाएर कानुनी बाटोमा जाने तयारी हुँदैछ ।’

पीडित बालिकालाई बिहे गर्ने पुरुषले उनलाई घरमा रातदिन मादक पदार्थ पिएर कुटपिट, गालीगलौज गर्ने र धाकधम्की दिनेगरेको छिमेकीले बताए। ती पुरुषले बालिकालाई बिहे गर्नुअघि अर्की महिलासँग बिहे गरेका थिए। तर, जेठी पत्नीले छाडेपछि उनले बालिकासँग बिहे गरेका हुन्।

प्रकाशित: ९ असार २०७८ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App