१५ चैत्र २०८० बिहीबार
समाज

आँप टिप्न गएकी बालिकाको बलात्कार प्रयासपछि हत्या

आँप बगैचामा आँप टिप्न गएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलकी ९ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या गरेको खुलेको छ। गत्त शुक्रबार बालिका शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएको थियो।

बलात्कार प्रयासको पोल खुल्ने डरले उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बालिकाको बलात्कार प्रयासपछि हत्या आरोपमा सोही गाउँका १९ वर्षीय रोहितकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।यादवलाई नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा आइतबार राति पक्राउ गरेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले बताए। यादवविरुद्ध ज्यानसम्बन्धी कसुर मुद्दामा जाहेरी दरखास्त परेको उनले बताए।

आफ्नी कान्छी बहिनी संध्यासँग बाख्रा लिएर खेततर्फ चराउन र घाँस काट्नका लागि हँसिया लिएर घरबाट निस्केकी शिवानी आँप बगैचामा पुगेपछि बहिनीलाई बाख्रा लिएर जान अह्राउँदै आफूले आँप टिपेर ल्याउने बताएकी थिइन्।आँप टिप्ने क्रममा रोहितले शिवानीलाई बलात्कारको प्रयास गरेका थिए। शिवानीले प्रतिकार गर्दै घर गएर पोल खोलिदिने धम्की दिएकी थिइन्। रोहितले आँप दिने लोभ देखाएर शिवानीलाई फकाउने प्रयास गरे। तर उनी सबैलाई बताईदिने अडान छाडिनन्।  

‘मैले करणी गर्न खोजेको हुँ तर उनी मानिनन् र आमाबुवालार्ई बताइदिने भनेपछि घाँटी रेटेर हत्या गरेको हुँ’ आरोपी रोहितले प्रहरी समक्ष घटना वयान गरेको एसपी धमलाले बताए। बालिकाले आँप टिपिरहेको बेला आरोपीले आफूले आँप टिपिदिने बताएको र कुरा गर्दागर्दै जबर्जस्ती करणी गर्न खोजेको कुरा समेत आरोपितले  स्वीकार गरेको एसपी धमलाले बताए। पोल खुल्ने डरले आरोपितले शिवानीले घाँस काट्न ल्याएको हसियाले उनको घाँटी रेटेर हत्या गरेका थिए।

शिवानीको शव घाँटी रेटिएको अवस्थामा फेला परेपछि प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सप्तरकिो संयुक्त प्रहरी टोली अनुसन्धानमा जुटेको थियो। जनकपुर तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको एसपी धमलाले जनाए।

प्रकाशित: ७ असार २०७८ १४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App