८ वैशाख २०८१ शनिबार
समाज

पाँच वर्षको उमेरमा राजस्थानबाट हराएकी बालिका १२ वर्षपछि घर फर्किन

मिना नामकी  एक बालिका १२ वर्ष अघि राजस्थानको करेडा नामको गाउँबाट बेपत्ता भइन्। उनलाई ५ वर्षको उमेरमा कसले राजस्थानबाट दिल्लीको एक रेलवे स्टेशन लगेर छोड्यो भन्ने कुरा थाहा भएको छैन। तर उनी आफ्नो  घर १२ वर्षपछि फर्केकी छिन्। हरियाण पुलिसले हालै गरेको यो उद्धारको घटना कुनै सिनेमाको कथा जस्तै लाग्छ ।

एएसआइ राजेश कुमारका अनुसार मिना सन् २००९ देखि नै बेपत्ता भएकी थिइन्। उनी कहाँ गईन् र कसले लग्यो भन्ने कुरा उनको परिवारलाई अत्तो पत्तो थिएन। तर हरियाणा पुलिसले ती बालिकालाई घर पत्ता लगाएर उनको अभिभावकलाई जिम्मा लगाएका छन् । सन् २००९ को १० मे महिना देखि मिना बेपत्ता थिईन् ।परिवार अनुसार गाउँमा हात्ती हेर्न गएकी उनी बेपत्ता भएकी हुन् । परिवारले उनलाई वर्षाैं खोजे पनि कतै भेटेका थिएनन् ।  

भारतीय प्रहरीले दिल्लीको रेलवे स्टेशनमा उनलाई भेटेका थिए। भारतमा अलपत्र परेकी उनलाई किलकारी रेनबोक्सो नामक चिल्ड्रेन होममा राखिएको थियो । जहाँ अनाथ, बेपत्ता तथा गरिब बच्चालाई राखेर उनीहरुको पालनपोषण गरिन्छ।  

मिनालाई उक्त संस्थामा पालन–पोषण र पढार्इ–लेखाईको व्यवस्था गरियो । संस्थामा उनी जस्तै  परिवारबाट वञ्चित भएका अधिकाशं बालबालिकाहरुको रेखदेख गरिन्छ ।  उनलाई १२ वर्षसम्म परिवारले खोजेका थिएनन् ।  

स्टेट क्राइम ब्रान्च अन्तर्गत एन्टी ह्युमेन ट्राफिकिंग हरियानामा कार्यरत एएसआइ राजेश कुमारका टिमले मिनाको उद्धार गरेका हुन् । उनका अनुसार उनले मिनाको बारेमा थाहाँ पाए र सोधपुछको क्रममा  मिनाले उनलाई आफ्नो बुबाको नाम बक्सु, बहिनीको नाम पिपरी रहेको बताएकी थिईन् ।  

एएसआइ राजेश कुमारले ती भेटिएकी र आश्रममा रहदै आएकी बालिकाको बारेमा २०२१ को ४ अप्रिल मा   थाहा पाएपछि यस मिसनको काम गर्न थाले र बालिकासंग उनलाई केही आफ्नो गाउँको बारे थाहा भए बताउन भने। एएसआइ कुमारले सबै स्टेटमा करेडा नामको गाउँ खोज तलाश गर्न तर्फ लागे।  

यो गाउँ धेरै स्थानमा रहेको उनले बताए। यूपी, राजेस्थान,झाकाण्ड आदिमा करेडा नामक गाउँ भएको थाहा पाएपछि उनले ती स्टेका पुलिसको सम्पर्क गरेपछि राजेस्थथानमा १२ वर्ष आफ्नी छोरी हराएकी एक परिवारले पुलिसमा जाहेरी दर्ता गरेको थाहा पाए। उनले धेरै खोज अनुसन्धानपछि मिनालाई राजेस्थानको दाम्पतिसंग भिडियो मार्फत देखाए। कुराकानी भएपछि सबै घटनाक्रम मिलेपछि ती बालीका उनीहरुकै छोरी भएको पक्का भयो।    

कोभिड १९ को संक्रमणको कारण  तत्काल प्रत्यक्ष तनभेटाएको एएसआईले नागरिक संवाददातालाई बताए। ती बालीकाले अप्रिल २६ मा उनले आफ्नो अबिभाबकसंग पूर्नमिलन गर्ने मौका पाईन।  

मिनाका २ दिदीबहिनी र एक भाइ समेत रहेको  छ। उनी कक्षा ११ मा अध्यन  गर्दै छिन्। उनी फेरी आफ्नो घर परिवार र समाजमा फर्किएकी छिन्। १७ बर्षकी उनले एक किसिमले १२ वर्षको वनबास जीवन नै बिताईन। तर फेरी आफनो आमाबाबुसंग भेटेर उनले नयाँ जीवन पाईन्।  

राजेश कुमारका अनुसार उनलाई कसले  यहाँ कसरी पुर्याए भन्ने कुरा पत्ता लागेको छैन तर उनको टिमले त्यस  व्यक्तिको पनि खोजी गर्ने क्रम जारी राख्ने नागरिक संवाददातालाई बताए।  बालीकाको खोजी कार्य निकै कठिन भएको तर यसले अन्तत खुसी दिएको उनले बताए । मिना  मात्र हैन, एएसआइ राजेश कुमारले आफ्नो कार्यकालमा हालसम्म  अलपत्र परेका  ५ सयभन्दा  बढीको  उद्धार गरिसकेको जनाँएका छन् ।

प्रकाशित: ७ असार २०७८ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App