१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ज्वाला संग्रौलासहित तीनजना प्रहरी हिरासतमा

सामाजिक अभियन्ता भनेर चिनिने ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकुले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ  पर्नेमा अभियन्ताहरु  ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेको प्रहरीको भनाइ छ।  

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई हिरासतमा राखी अनुसन्धान थालिएको छ। प्रहरी परिसर टेकुका अनुसार उनीहरुलाई कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोगमा कारबाही हुने जनाइएको छ।

६ जनाविरुद्द जाहेरी दर्ता भएपनी अन्य तीन जना फरार रहेको  परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए ।

गौशला प्रहरी वृत्तको हिरासतमा खुस्बुमाथि ज्वालाको समुहले जेठ १६ गते आक्रमण गरेको थियो। सो घटनापछि खुस्बुले जाहेरी दिएकी थिइन्। त्यतिबेलै प्रहरीले खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाए पनि अटेर गरेपछि कारबाही थालिएको हो।

 

प्रकाशित: ६ असार २०७८ १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App