७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कोभिड नियन्त्रणोन्मुख: ११ संक्रमित, ४८ निको

जिल्ला स्वास्थ्य कार्यालय उयदपुर । तस्बिरः महेश्वर

उदयपुरमा केहीदिनयता कोभिड संक्रमण क्रमशः घट्दै गएको छ । जस अुनसार पछिल्लो २४ घण्टामा ३ महिलासहित ११ जना नयाँ संक्रमित फेला परेका छन् भने १८ महिलासहित ४८ जना संक्रमित निको भएका छन् ।  

अघिल्लो दिन ३२ जनामा संक्रमण देखिँदा ६० जना निको भएको अभिलेख स्वास्थ्य कार्यालय उदयपुरको अभिलेखमा उल्लेख छ । अहिलेसम्म निको हुनेको संख्या जिल्लामा १ हजार ४ सय ५८ पुगेको छ । जसमा महिला संख्या ६ सय ४६ रहेको छ भने बाँकी पुरुष संक्रमित निको भएका छन् । अव जिल्लाका बिभिन्न आईसोलेसन सेन्टरमा २ सय ३ महिलासहित ४ सय ३१ जना संक्रमितको उपचार भईरहेको छ ।  

त्रियुगा नगरपालिकाका ६४ महिलासहित १ सय ४१ को उपचार भईहेको छ भने २ सय ९२ महिलासहित ६ सय ७९ निको भईसकेका छन् । कटारी नगरपालिकाका ११ महिलासहित ३५ उपचाररत हुँदा ५९ महिलासहित १ सय ३४ निको भएका छन् भने बेलका नगरका ४७ महिलासहित ९४ जनाको उपचार भईरहँदा ९१ महिलासहित १ सय ७७ जना निको भएका छन् । त्यस्तै चौदण्डीगढी नगरका ५३ महिलासहित ९३ जना उपचारमा रहँदा ९९ महिलासहित २ सय १७ निको भईसकेका छन् ।  

गाउँपालिकातर्फ लिमचुङबुङका ३ महिलासहित १२ जनाको उपचार र्भरहदा ४८ महिलासहित ९६ जना निको भएका छन् । ताप्लीका २५ महिलासहित ५५ को उपचार भईरहेको छ भने ३ महिलासहित १० जना निको भएका छन् । रौतामाईका ९३ संक्रमितमध्ये १ पुरुषबाहेक अरु सबै निको भईसकेका छन् । जसमा ३४ जना महिला संक्रमित निको भएका छन् भने उदयपुरगढीका २० महिलासहित ५३ जना संक्रमित भएकोमा सबै निको भईसकेको स्वास्थ्यले जनाएको छ ।  

जिल्लामा हालसम्म १६ महिलासहित ५२ जना संक्रमितको कोविडका कारण दुःखद निधन भएको छ । यसमा जिल्लाभित्र र बाहिर जिल्लामा कार्यरतहरुको बिबरण पनि समेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित: ५ असार २०७८ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App