९ असार २०८१ आइतबार
image/svg+xml
समाज

सल्यानको शारदा नदीको टापुमा ११ जना थुनिए

फाइल तस्बिर

लगातार वर्षासँगै खोलामा एक्कासि पानीको बहाव बढ्दा सल्यानको शारदा नदीको टापुमा ११ जना थुनिएका छन् । शारदा नगरपालिका–६ बरालामा धान रोप्न गएका उनीहरु फर्किँदा एक्कासि पानीको बहाव बढेपछि टापुमै थुनिएका हुन्।

१२ जनामध्ये एकजनाको उद्दार भएको छ भने अन्य ११ जनाको उद्दार हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । लगातार पानी परिरहेपछि उद्दारमा समस्या भएको छ। ‘उहाँहरु बिहान खेतमा धान रोप्न जानू भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले भने, ‘फर्किनेबेला एक्कासि खोला बढेकाले रोकिनू भयो।’ 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्दारमा लागेका थिए। तर पानीको बहाव उच्च भएकाले उद्दार गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । टापुमै थुनिएका उनीहरुको उद्दारका लागि हेलिकोप्टरको पहल भइरहेको प्रवक्ता पौडेलले जनाए। उनीहरु बुधबार दिउँसो १२ बजेदेखि नदीको टापुमा थुनिएका स्थानीयले जनाएका छन्।

प्रकाशित: ३ असार २०७८ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App