२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोले बाजुरा र बझाङमा सडक अवरुद्व

फाइल तस्बिर

लगातारको वर्षाले सुदूरपश्चिम प्रदेशमा पनि जनजिवन प्रभावित भएको छ। बिभिन्न सडक अवरुद्व भएका छन् भने बाढी र पहिरोले बिभिन्न ठाउँमा क्षती पुर्‍याएको छ। 

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ र बाजुरामा पहिरो गएर सडक अवरुद्व भएको छ। प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले बाजुराको मार्तडी साँफेबगर सडक खण्डको अम्कोट भन्ने स्थानमा पहिरो गएर सडक अवरुद्व भएको बताएका छन्। 

लगातारको वर्षाले आएको पहिरोले तीन दिनदेखि सडक अवरुद्व भएको उनले बताए। यसैगरि बझाङको जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्व भएको छ। लगातार वर्षा भैरहेकाले पहिरो हटाउन समस्या भएको उनले बताए। सडक अवरुद्व हुदाँ अतिआबश्यक कामले आवतजावत गर्नुपर्नेहरुलाई समस्या भएको छ। 

पहाडी जिल्लाका रेफर गरिएका बिरामीलाई उपचारका लागी डडेल्धुृरा र धनगढी लगायतका अस्पतालमा पुर्‍याउन समस्या भएको स्थानियले बताएका छन्। बाजुरामा लगातारको वर्षाले बुढीगंगा नदी लगायतका खोलामा पानीको बहाव बढ्दै गएको छ। पानीको बहाव बढ्दै गएकाले प्रभावित क्षेत्रका वासिन्दालाई सर्तक वस्न भनिएको प्रहरी उपरिक्षक थापाले बताए।

प्रकाशित: ३ असार २०७८ ११:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App