८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अवैध रुपमा भित्राइएको ८२ लाख बढी मूल्यको फलाम बरामद

सशस्त्र प्रहरीले कपिलवस्तुको कृष्णनगर नाकामा भारतीय ट्रकमा भित्राइएको ३४ मेट्रिक टन बढीको फलाम बरामद गरेको छ।

हुँदै नेपाल भित्राइएको युपी ५३ सिटी २११९ नम्बरको भारतीय मालबाहक गाडीमा ३४ दशमलव चार सय मेट्रिक टन ४७ एस बिलेट फलामसहित गाडी चालक र सहचालक समेत पक्राउ परेका हुन्।

कपिलबस्तु कृष्णनगर नगरपालिका –२ मेनरोडस्थित चेक प्वाइन्टमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट बिशेष सूचनाको आधरमा सो फलाम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले बताए। सो गाडीसँगै २४ वर्षका अंगत कुमार कुशवाह र बर्ष ३३ का संजय कुमार कुशवाह पक्राउ परेको सशस्त्र प्रहरी उपरिक्षक धु्रव कार्कीले बताए।

८२ लाख ४५ हजार ६३२ बराबरको सामान र दुई जना सवारी चालक र सह चालकसहित नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी भन्सार कार्यालय कृष्णनगरमा बुझाइएको उनले बताए। उक्त फलाम बिजया स्टील प्रालिको रहेको भन्सार कार्यालय कृष्णनगरले जनाएको छ।

प्रकाशित: २ असार २०७८ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App