१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दरौंदीले जेसिभी बगायो, बारपाक सडक अवरुद्व

बगाएको जेसिभी । तस्बिरः नागरिक

पुरा सदरौंदी नदीमा आएको बाढीले ग १ क ४१९३ नम्बरको (जेसिभी) ब्याकुलोडर बगाएको छ। मध्यपहाडी लोकमार्गको नयाँसाँघु खण्डमा ग्राभेल उठाउन प्रयोग गरिएको जेसिभी गएरातीको बाढीले बगाएको हो। 

ब्याकुलोडर बाढीले बगाएर तीनसय मिटर तल पुर्‍याएको सवारी धनी ताराबहादुर खड्काले बताए। खोलाले धार परिर्वतन गर्दा मेसिन बगाएको उनले बताए। यस्तै लगातारको वर्षापछि दरौंदी नदीमा आएको बाढीले बारपाक सडक अवरुद्व भएको छ। 

बालुवा र राङरुङको बीचमा पर्ने झरना नजिकै बाढीले ९० मिटर सडक कटान गरेको गोरखाका डिएसपी प्रकाश दाहालले बताए। त्यहाँ वैकल्पिक बाटो खोल्नुपर्ने अवस्था छ। सदरमुकाम र बारपाक बीच सडक सम्पर्क बिच्छेद भएको स्थानीयले बताएका छन्।  

प्रकाशित: २ असार २०७८ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App