१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मेलम्ची बाढी–पहिरो : एकको शव फेला, सात बेपत्ता, चारको उद्धार (अपडेट)

मेलम्ची नदीमा आएको बाढीपहिरोमा परेर बगेका एक पुरुष मृत फेला परेका छन् । इन्द्रावती गाउँपालिका–७ स्थित इन्द्रावती नदी बगरमा बुधबार मध्याह्न उनको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए । मृतकको पहिचान खुल्न सकेको छैन । सुरक्षाकर्मीले नदीबाट शव निकालेका थिए ।  

बाढीपहिरोमा परेर अरु सात जना बेपत्ता भएको सहायक प्रजिअ खनालले पुष्टि गरे । उनका अनुसार बेपत्ता हुनेहरुमा हेलम्बु गाउँपालिकाका माधव भण्डारी (३१), गणेश ज्योती (४२), टीकामाया खड्का (६२), ज्ञानेन्द्र कक्षपति (५५), श्यामा तामाङ (५०), उनकी श्रीमती र चौतारा साँगाचोकगढी नगरपालिका–६ का सुरेन्द्र नेपाल (२३) छन् । बेपत्ता टीकामाया किउलस्थित भण्डारी रिसोर्टकी कामदार र ज्ञानेन्द्र ट्र«ाउट माछा व्यवसायी हुन् ।  

बाढीले झण्डै आधा दर्जन रिसोर्ट र माछा फार्म बगाएको छ । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । नदी सतह नघटेको र वर्षा भइरहेकाले बेपत्ताको खोजीका कठिनाइ उत्पन्न भएको खनालले बताए । स्थानीयले भने योभन्दा धेरै संख्यामा स्थानीय बाढीमा हराइ रहेको बताएका छन् ।  

हेलम्बु मुहान रहेको मेलम्ची खोलामा मंगलबार दिउँसोदेखि आएको बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पु¥याएको छ । तर क्षतिको एकीन बिवरण प्राप्त भइसकेको छैन । नदी किनारका केही बजार, बस्ती र घरहरु बगेका छन् । केही बस्ती अझै डुबानमा छन् । ठाउँ–ठाउँमा बाढी कटानले अवरुद्ध सडक बनेको छ । दर्जनको संख्यामा पुलपुलेसा बगेका छन् । खेती लगाइएको नदीकिनारका जमिनमा व्यापक क्षति पुगेको छ ।  

पश्चिमी क्षेत्रको मुटु मेलम्चीको पूरानो बजार डुवानमा छ । मेलम्चीको होटल रोजमा फसेका दुई युवाको सैनिक हेलिकप्टरले बुधबार सकुशल उद्दार गरेको छ । होटल डुब्न थालेपछि उनीहरु ज्यान बचाउँन छतमा पुगेका थिए । छतमा फसेको १५ घण्टाभन्दा बढी समयपछि उनीहरुको उद्दार सम्भव भएको हो । त्यस्तै लार्के र याङ्ग्री खोलाको संगमस्थल इन्द्रावती नदीमा फसेका दुईको समेत सकुशल उद्दार गरिएको छ । सडकमा काम गर्ने उनीहरुलाई सिम्रिक एयरको हेलिकप्टरले उद्दार गरी सुरक्षित स्थलमा पु¥याएको हो ।  

मेलम्ची र लार्के तथा यांग्रीसहितको इन्द्रावती नदी मेलम्ची बजारबाट मिसिन्छन् । दुबै नदीको सतह बढ्नुका साथै बहाव तीव्र हुँदा संगमस्थल मेलम्चीको पूरानो बजार डुबाउँदै क्षति पु¥याइरहेको छ । 

प्रकाशित: २ असार २०७८ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App