१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाल्पामा ट्रिपर दुर्घटना, सह-चालकको मृत्यु

पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा भएको ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुई ट्रिपर एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परि चार जना घाइते भएका छन्।  

बुटवलदेखि गुल्मीतर्फ सिमेन्ट बोकेर जादै गरेको बा ४ ख ७३२० नम्बरको ट्रिपरले सोही दिशातर्फ जादै गरेको (अगाडी रहेको) प्रदेश ३–००१ क ०२५० नम्बरको टिपरलाई ठक्कर दिदा दुबै टिपर अनियन्त्रित भई सडक देखि अन्दाजी दुई सय २० मिटर तल खसेका छन्।  

ट्रिपर दुर्घटनामा ०२५० नम्बर ट्रिपर सह–चालक गुल्मी जिल्ला रुरु गाउँपालिका वडा नं २ बस्ने ४५ वर्षीय टंकबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  

दुर्घटनामा परी गुल्मी जिल्ला रुरु गाउँपालिका वडा नं २ बस्ने ३८ वर्षका अशोक कुँवर, सोही स्थानका ४२ वर्षीया रमा कुँवर, ललितपुर जिल्लाका २६ वर्षीय राजेन्द्र बजगाई र नवलपरासी जिल्ला सुनवल ९ बस्ने २२ वर्षीय किसन कुँवर घाईते भएका छन्।  

दुर्घटनामा घाईते भएकालाई उपचारका लागि तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा पठाइएको छ। दुर्घटना सम्बन्धी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ३० जेष्ठ २०७८ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App