कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बाणगंगा नदीबाट एक जना पुरुष बेपत्ता भएका छन्।
शुक्रबार दिउँसो करिब ३ बजे बाणगंगा पुलको उत्तरी किनारबाट उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको कपडासमेत प्रहरीले फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बेपत्ता हुने व्यक्ति अन्दाजी ५० वर्षका छन्। उनको पहिचान भने खुल्न सकेको छैन।
बेपत्ता पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ९ आश्विन २०८३ १८:२६ शुक्रबार





