२६ भाद्र २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरीद्वारा नागरिक समाजका अगुवाहरु नियन्त्रणमा

वेथितिविरुद्ध नागरिकलाई एकजुट हुन आग्रह

नागरिक समाजका अगुवाहरुलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ। चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपको विरोधमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई बालुवाटारबाट नियन्त्रणमा लिएको हो।  

नागरिक अगुवाहरुको उक्त प्रदर्शनमाथि प्रहरीले हस्तक्षेपसमेत गरेको छ। प्रहरीले अगुवाहरु नागरिक अभियन्ता खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जीव उप्रेती, अर्चना थापा, युग पाठक, सङ्गीत, सरिता परियारलगायतलाई नियन्त्रणमा लिएको छ।

‘स्वास्थ्य सेवा हो, व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनीमा उत्रिएका थिए।  

अगुवारुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा जनताको मौलिक हक र राज्यको जिम्मेवारी भए पनि कोरोना महामारीमा जनताको मौलिक हकको व्यापक हनन् भइसहेको समेत जनाएका छन्।

उनीहरुले सरकारले जनस्वास्थ्य क्षेत्रमा पनि जनविरोधी काम गरेका बताउँदै आफ्नो आसेपासे मेडिकल कलेजलाई सम्बन्धन दिने तयारीप्रति आपत्ती जनाएको छ।

उनीहरुले सरकारको अहिलेको वेथिति र स्वच्छाचारिताको विरुद्ध सबै स्वास्थ्यकर्मी, पेशाकर्मी र नागरिकलाई एकजुट हुन अनुरोध गरेको छ।

प्रकाशित: २८ जेष्ठ २०७८ ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App