१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अस्पताल भर्ना भएको ६ घण्टामा संक्रमित महिलाको मृत्यु

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएको ६ घण्टामा एक संक्रमित महिलाको मृत्यु भएको छ। तातोपानी गाउँपालिका १ राँकागाउँकी ३४ वर्षीया एक संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा. रमेश भट्टराईले संक्रमित महिला दिर्घरोगी भएको जानकारी दिए। उनले भने,‘संक्रमित महिलाको किड्नी मुटु, हेमोग्लोविन पनि कम थियो। बिहीबार नै अस्पतालमा भर्ना गरिएको हो। आईसियू र भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन सकिएन।’

उनी संगै तातोपानी गाउँपालिकामा कोरोना संक्रमितको संख्या २४ जना थियो। गाउँमा रुघाखोकीका बिरामी बढ्न थालेपछि सूचना अधिकारीले दिएको सूचनाका आधारमा कोरोना परीक्षण गर्दा २५ जनामा २३ जना संक्रमित देखिएका थिए। अन्य संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ। गम्भीर प्रकारका बिरामीको कोभिड अस्पतालमा राखेर उपचार भइरहेको छ।  

कोभिड अस्पतालमा उपचार हुन नसक्ने बिरामी कर्णाली अस्पतालमा पठाउने तयारी भइरहेको छ। यो घटनासँगै जुम्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ। हिमा गाउँपालिका–७ का एक पुरुष, तिला गाउँपालिका–१ रारालिहिका एक जना पुरुष र गुठीचौर गाउँपालिका–३ की एक महिलाको कोभिडका कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

जुम्लामा कोरोना संक्रमितको संख्या ५७४ पुगेको छ। संक्रमण मुक्त हुनेको संख्या ३३२ जना रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसन कक्षमा २७ जना उपचार गराइरहेका छन्।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराउन ल्याएका सुर्खेतको १, कालिकोटका जिल्लाको तिलागुफा नगरपालिकाका २ जनाको मृत्यु भएको थियो। कर्णाली अस्तालमा ३ जना जिल्ला बाहिरको र ४ जना जिल्ला भित्रको गेरर ७ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रकाशित: २८ जेष्ठ २०७८ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App