२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रोल्पामा थप एक सय २७ जना कोरोना संक्रमित

रोल्पामा पछिल्लो २४ घण्टामा १ सय २७ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार संक्रमितको संख्या हाल सम्म कै उच्च हो । योसँगै जिल्लामा सकृय संक्रमितको संख्या ८ सय ६१ पुगेको छ । जिल्लामा ३ हजार ६ सय ७९ जनामा कोरोना परीक्षण गर्दा १ हजार ६ सय ४९ जनामा संक्रमण भेटिएको हो ।  

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १७ जनाले कोरानाका कारण ज्यान गुमाएका छन् । यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भईसकेको छ । जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म ७ सय ७२ जनाले कोरोना जितेका छन् ।  

अझै पनि रोल्पामा प्रर्याप्त परीक्षण, प्रर्याप्त स्वास्थ्य सामग्री, पुर्वाधार र जनशक्ती नभएको चिकित्सकहरुको गुनासो छ । संक्रमण बढिरहदा पनि जिल्लामा कोरोना नियन्त्रणमा गतिलो प्रयास भएको छैन ।  

प्रकाशित: २५ जेष्ठ २०७८ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App