१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको निधन भएको छ ।  प्रतिष्ठानका अनुसार मृत्यु हुनेमा धरानका पुरुष र बराहक्षेत्रकी महिलाको निधन भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार धरान उपमहानगरपालिका वडा नं ११ का ६३ वर्षीय वृद्धको आज बिहान ५ बजेर ४५ मिनेटमा कोभिड अस्पतालमा निधन भएको थियो । 

उच्च रक्तचापका बिरामी रहेका वृद्धलाई जेठ ११ गते संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।  

यस्तै, बराहक्षेत्र नगरपालिका वडा नं ४ की ६० वर्षीय वृद्धाको पनि निधन भएको थियो । उनको आज बिहान ७ बजे कोभिड अस्पतालमा मृत्यु भएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए । वृद्धालाई जेठ २० गते संक्रमण पुष्टि भएको थियो भने जेठ २२ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक दुवैको शव नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित: २२ जेष्ठ २०७८ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App