३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

विपन्न परिवारलाई खाद्यान्न वितरण

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाका एक निर्माण व्यवसायीले आफ्नो वडाभित्रका विपन्न परिवारलाई प्रति परिवार १५ किलोका दरले चामल वितरण गरेका छन् । नेचाली राई कान्छा निर्माण कम्पनीका प्रोपाइटर विश्वराज राईले बन्दाबन्दीका कारण रोजगारी गुमाएका र आर्थिक रुपमा विपन्न करिब दुई सय परिवारलाई जनही १५ किलो चामल वितरण गर्ने निधो लिएका हुन् । 

शनिबार पहिलो दिन एक सय परिवारलाई वितरण गरिएको र आइतबार थप एक सय जनालाई वितरण गर्ने योजना राईको योजना रहेको जनता मावि हाङ्देवाका शिक्षक रमेश अधिकारीले जानकारी दिए । बन्दाबन्दीको समयमा घरघरमै पुगेर राहत सामग्री वितरण गरिएको समेत अधिकारीले बताए ।  

प्रकाशित: २२ जेष्ठ २०७८ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App