१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बलात्कार आरोपी थुनामा

बागलुङ नगरपालिका–४ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चार जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

अदालतका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीको इजलाशले चार जना पुरुषलाई कारागारमा र एक जना १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न आदेश दिएको हो । उनीहरुले गत वैशाख २३ गते राती उपल्लाचौरमा ती किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । 

किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । प्रहरीका अनुसार बागलुङ सो वडाका का ३५ वर्षीया राजेन्द्र सुवेदी उपाध्याय, सोही ठाउँका ३६ वर्षीय गिरिजा भन्ने राजु कँडेल, ३२ वर्षीय दिनेश घर्ती क्षेत्री र २५ वर्षीय गोकुल पुनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो ।

बागलुङ नगरपालिका–३ घर भएकी १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न अदालतले आदेश दिएको छ ।

प्रकाशित: २१ जेष्ठ २०७८ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App