१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ब्राउनसुगर र नेपाली नक्कली नोटसहित एक पक्राउ

जिल्ला प्रहरी कार्यलय दमकले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र नेपाली नक्कली नोटसहित एक जनालाइ पक्राउ गरेको छ। दमकस्थित रहेको राधे होटल एण्ड लजको कोठाभित्र लागुऔषध ब्राउन सुगर खरीद गरी विक्री वितरण गर्ने कार्यमा संलग्न व्यक्ति रहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय दमकबाट खटिएको प्रहरी टोलीले दमक ३ बेलडाँगी बस्ने ३२ वर्षीय पुर्ण वहादुर बानियाँलाई पक्राउ गरेको हो।  

उनको शरीर खानतलासी गर्दा उनले लगाएको बक्स हाफपेन्टको पछाडी पट्टी गोजीभित्र हेर्दा नक्कली जस्तो देखिने एउटै नोट नम्वरहरु भएको एक हजार दरको नेपाली रुपैयाँको नोट थान ८(आठ) र ठुलो,सानो प्लाष्टिकको २ वटा प्याकेटमा रहेको ४७ (सतचालिस) ग्राम ५३० (पाँच सय तिस) मिलिग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ बरामद गरिएको छ।  

उनलाई  तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यलय दमकमा राखिएको र जिल्ला अदालतबाट म्याद थप गरी थप कानुनी प्रकृया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय दमकका प्रनाउ राकेश थापाले बताए।  

प्रकाशित: १९ जेष्ठ २०७८ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App