१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निषेधित मदिरा नियन्त्रण गर्दै प्रहरी

सुर्खेत प्रहरीले निषेधाज्ञाको समयमा ओसारपसार गर्न निषेधित गरिएका मदिराजन्य पदार्थ बरामद गरेको छ।

बबईस्थित प्रहरीले उपकार ब्राण्डको चामलभित्र लुकाएर ल्याउँदै गरेको मदिराजन्य पदार्थहरु बरामद गरिएको हो।  

गाडीमा खाद्यान्न सामग्रीबीच लुकाईछिपाई लैजाँदै गर्दा निषेधित मदिराजन्य पदार्थ नियन्त्रणमा लिई कार्बाहीका लागि प्रकृया अघि बढाएको सुर्खेतका प्रहरी प्रमुख (एसपी) राजेन्द्र भट्टले बताए।

प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी निषेधाज्ञा पालनासम्बन्धी नियमअनुसार कार्बाही हुने उनले बताए।  

वीरेन्द्रनगरस्थित शिवशिखर सहकारी संस्थाद्वारा संञ्चालित स्मार्ट मार्टको लागि बियरजन्य मदिरा लुकाएर ल्याइएको प्रहरीले जनाएको छ।

निषेधाज्ञा अवधीभर प्रहरीलाई स्वास्थ्य सामाग्री, दैनिक उपभोग्य वस्तु र निर्माण सामाग्रीमात्र ओसारपसारका लागि अनुमति दिन प्रमुख जिल्ला अधिकारीमार्फत् जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०७८ १३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App