coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लुम्बिनी प्रदेशबाट ७९ जना कैदी रिहा

गणतन्त्र दिवसका अवसरमा कपिलवस्तु कारागारबाट ७ जना कैदी रिहा भएका छन्।

राम्रो चालचलन र ५० प्रतिशत कैद सजायँ भुक्तान गरेका उनीहरुलाई १४ औं गणतन्त्र दिवसमा रिहा गरिएको हो।

मुलुकभर ४३० र लुम्बिनी प्रदेशबाट ७९ जना रिहा भएको कपिलवस्तु कारागारका जेलर राकेश पाण्डेले बताए।

रिहा गर्न कारागार व्यवस्था विभागले देशभरका कारागारबाट नामावली  माग गरेको थियो। कारागारले पठाएको नामावली मध्येबाट रिहा सूची बनाइएको थियो। कारागारबाट विभिन्न मुद्दामा कैद जीवन व्यतित गर्र्दैै आएकाहरु ७ जनालाई रिहा गरिएको कारागार प्रशासनले जनाएको छ। रिहा हुनेहरुमा ३ जना कर्तव्य ज्यान, ३ जना सवारी ज्यान र १ जना हातहतियार तथा खरखजाना मुद्दाका रहेका छन्।

उनीहरु कपिलवस्तु रुपन्देही, सुर्खेत र जनकपुरका हुन्। रिहा हुनेहरुलाई कारागारभित्र रहेका अन्य कैदीबन्दीहरुले फूलसहीत नोटको माला र अबिर लगाएर बिदाई गरेका थिए।

यस्तै रिहा भएकाहरुलाई लिन आएका आफन्तहरुले समेत फूलमालाले स्वागत गरेका थिए। रिहाईका क्रममा जेलर पाण्डेले सही ढंगले असल काम गर्न आग्रह गरे। कपिलवस्तु कारागारमा ४ सय १ कैदीबन्दी छन्।

प्रकाशित: १५ जेष्ठ २०७८ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App