३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

ट्याङकरमा लुकाइ राखेको २१८ किलो गाँजासहित चालक-सहचालक पकाउ

प्रहरीले २ सय १८ किलो लागूऔषध गाँजासहित ट्याङकर चालक र सहचालक पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ना ४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको अवैध लागूऔषध गाँजासहित चालक र सहचालक पक्राउ परेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

पक्राउ पर्नेहरूमा ट्याङ्कर चालक महोत्तरी बर्दिवास नगरपालिका–८ का ३३ वर्षीय घनश्याम गिरी र सहचालक चितवन खैरहनी नगरपालिका–२ का राजकुमार दवाडी छन्।  

तेल लिनका लागि काठमाडौंबाट भारतको बरौनी गइरहेको उक्त ट्याङ्करमा गाँजा लुकाइएको थियो। प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्याङकरको च्याम्बरभित्र १९ पोकामा लुकाई राखेको गाँजा फेला परेको हो। 

प्रकाशित: १३ जेष्ठ २०७८ १०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App