१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कोसी अस्पतालको कोभिड युनिटलाई जुट्दै सहयोग

हिसान मोरङले प्रदान गरेका अक्सिजनलगायतका मेडिकल सामग्रीहरू हस्तान्तरण गर्दै। तस्बिर : नागरिक

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान)नेपालको तर्फबाट कोसी अञ्चल अस्पताललाई अक्सिजन सिलिण्डर र मेडिकल सामग्री हस्तान्तरण गरिएको छ । सोमबार कोसी अञ्चल अस्पतालमा  एक कार्यक्रमको आयोजना गरी हिसानले कोरोना संक्रमितको उपचारका  लागि आवश्यक सामग्रीहरू अस्पताललाई हस्तान्तरण गरेको हो ।  

अस्पतालका लागि करिब ५ लाख बढी मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हिसानका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेलले जानकारी दिए ।  उनका अनुसार ३० वटा अक्सिजन सिलिण्डर, १ सय पिपिई, सर्जिकल मास्क, सिर्जभ्वायर मास्क, सेनिटाइजरलगायतका सामग्रीहरू हस्तान्तरण गरिएको छ । विराटनगर महानगरपालिकाको संयोजनमा सहयोग सामग्री कोसी अस्पताललाई हिसानले हस्तान्तरण गरेको हो  । महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार कोसी अस्पताललाई महानगरपालिकाको संयोजनमा विभिन्न संघ संस्थाको सहयोगमा १ सय वटा सिलिण्डर प्रदान गर्ने भनिएकोमा ५० वटा सिलिण्डर प्रदान गरि सकिएको छ । यस्तै अन्य स्वास्थ्य सामग्रीहरू पनि प्रदान गरिरहेको जानकारी दिए । उनले दाताहरूको सहयोगमा अक्सिजन सिलिण्डरलगायतका सामग्रीहरू जुटिरहेकाले अस्पतालमा अक्सिजनलगायतका स्वास्थ्य सामग्रीको अभाव नहुने दाबी गरे । पराजुलीले भने, ‘कोरोना संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री र अक्सिजनको जोहो गरिएकाले कोसी अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभावमा उपचार रोकिने अवस्था छैन ।’  

कोसी  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले सहयोग जुट्नेक्रम जारी रहेकाले उत्साह थपिएको बताए  । उनका अनुसार हालसम्म २ सय ३० वटा अक्सिजानको सिलिण्डर संकलन भइसकेको छ ।  विराटनगर महानगरपालिकाले थप ५० र मन्त्रालयबाट थप ५० सिलिण्डर सोमबार साँझसम्ममा  आउने भएकाले संक्रमितको उपचारका लागि अक्सिजनको कमी हुने छैन । मेसु दासका अनुसार कोसी अस्पतालको कोभिड १९ युनिटमा हाल ६२ वटा वेड सञ्चालनमा रहेको छ । यस्तै १० वेडको आइसोलेसन पनि सञ्चालनमा  छ । कुल  ७२ वेडलाई हाल अक्सिजनको व्यवस्था गर्नु परे पनि प्रर्याप्त सहयोग जुटेका कारण विरामीको उपचारमा समस्या नहुने दासले जनाए । 

प्रकाशित: १० जेष्ठ २०७८ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App