२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आँखुखोलाले बगाएर एक दम्पतीको मृत्यु

धादिङको नेत्रावती डवजोङ र गंगाजमुना गाउँपालिकाको विचमा पर्ने आँखुखोला तर्ने क्रममा बगाएर दम्पतीको मृत्यु भएको छ। गंगाजमुना गाउँपालिका ३ मम्वैका ६२ वर्षीय लुर बहादुर गुरुङ र उनकी श्रीमती ६० वर्षीया असारी माया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।  

आँखु खोला तर्ने क्रममा शनिबार बगाएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको शव खोला तर्न लागेको भन्दा २ सय मिटर तल बगरमा भेटिएको प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले बताए।

मृतकका छोरा १८ वर्षीय छोरा कविन गुरुङका अनुसार बाबु विरामी भएर उपचारको लागि भनेर बाबु आमा बिहान घरबाट निस्केका थिए । खोलाले वगाएर मृत्यु भएको अबस्थामा गाउँलेले खबर गरेपछि आफूले थाहा पाएको उनले बताए।

प्रकाशित: ९ जेष्ठ २०७८ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App