७ वैशाख २०८१ शुक्रबार
समाज

लागूऔषधसहित चार युवा र एक नाबालक पक्राउ

लागूऔषधसहित चारजना युवा र एकजना नाबालकलाई महोत्तरी प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ। साथै लागूऔषध मगाउन लगाउने एक व्यक्ति पनि पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय वर्दिवासको टोलीले बर्दिवास ३ पाटुबाट लागूऔषधसहित तीन जना युवालाई पक्राउ गरेको हो।  

प्क्राउ पर्नेमा बर्दिवास नगरपालिका १४ बस्ने २८ वर्षीय ईन्द्रजीत साह सोनार, सिन्धुली कमलामाई नगरपालिका ६ बस्ने २४ वर्षीय रोशन थापा र सिन्धुली गोलन्जोर गाउँपालिका ५ बस्ने रोहित थापा रहेका छन्। प्रहरीले उनीहरुले प्रयोग गरेको बा८२प ५११८ नम्वरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए।

पक्राउ परेकाहरुको साथबाट स्पास्मो प्रोक्सिभान प्लस लेखिएको पाँच पत्ता ४० वटा र सोडियन फोसफेट एण्ड क्लोरपफेनिरमाइन मेल्ट सिरफ १०० एमएल २५ बोतल बरामद गरेको छ।  

यस्तै औरही नगरपालिका कठुधारबाट गौशाला नगरपालिका ४ बस्ने २२ वर्षीय रबिन साह र १५ वर्षीय नाबालकलाई पनि लागूऔषधसहित पक्राउ गरेको छ।

सम्सीबाट माईस्थानतर्फ जादै गरेका ज१०प४९४२ नम्बरको मोटरसाईकलमा सवार मोटरसाकल चालक साह र नाबालकलाई अस्थायी प्रहरी पोष्ट कठुधारका प्रहरीले पक्राउ गरेको डिएसपी विष्टले जानकारी दिए।

उनीहरुको साथबाट प्रहरीले एक्सप्लोन १०० एम एल ६९ बोतल , नाइट्रोभेट ट्यावलेट ४५ ट्यावेलट र स्पास्मोप्राक्सिभान प्लस २४ क्याप्सुल बरामद गरेको छ।

यस्तै प्रहरीले लागूऔषध मगाउने बर्दिवास नगरपालिका १२ बस्ने ३४ वर्षीय रन्जन आलेलाई ज१२ प ३००१ नम्वरको मोटरसाइकलसहित गौशाला नगरपालिका ३ इटाटार चोकबाट नियन्त्रणमा लिएको छ। 

प्रकाशित: ७ जेष्ठ २०७८ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App