२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठानमा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु

फाइल तस्बिर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु  भएको छ ।  मृत्यु  हुनेमा २ जना महिला र एक जना पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार बिहान ११ बजेर २० मिनेटमा सुनसरीको बराहक्षेत्र २ की ५३ वर्षीया महिलाको निधन भएको थियो । उनलाई जेठ २ गते संक्रमण पुष्टि भएको थियो भने हिजो मंगलबार प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

यस्तै, सर्लाहीको चक्रघट्टा ४ की ५३ वर्षीया संक्रमित महिलाको पनि बिहान साढे ११ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई जेठ १ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।  

यसैगरि, आज मध्याह्न १२ बजेर ९ मिनेटमा धरान १३ का ८३ वर्षीय संक्रमित वृद्धको पनि निधन भएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिएका छन् । मृतकलाई वैशाख २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको डा.पोखरेलले जानकारी दिए । मृतक तीनै जनाको शवलाई नियम अनुसार व्यवस्थापन गरिएको पनि प्रतिष्ठानले जनाएको छ।  

प्रकाशित: ५ जेष्ठ २०७८ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App