१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धादिङमा कोरोनाले थप पाँच जनाको मृत्यु

कोरोनाका कारण पछिल्लो २४ घण्टामा धादिङमा थप ५ जनाको मृत्यु भएको छ। जिल्लाको निलकण्ठ नगरपालिकामा दुई जना, धुनिबेसी नगरपालिकामा दुई जना र सिद्धलेक गाउँपालिकामा एक जना गरि पाँच जनाको मत्यु भएको छ। यो सँगै धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

नीलकण्ठ नगरपालिका वडा नं ३ का ९१ वर्षीय पुरुषको होम आइसोलसनमा, नीलकण्ठ नगरपालिका वडा नं ७ का ६४ वर्षीय पुरुषको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। त्यस्तै कोरोना संक्रमित धुनीबेसी नगरपालिका वडा नं ८ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा, धुनीबेसी नगरपालिका वडा नं ३ का ६० वर्षीय पुरुषको होम आइसोलेसनमा र सिद्धलेक गाउँपालिका वडा नं १ का ५० वर्षीय पुरुषको मनोमोहन अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।  

जिल्लामा मंगलबार थप एक सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा जिल्लाको नीलकण्ठ नगरपालिकाका दुई जना, धुनीबेसी नगरपालिकाका ९ जना, गल्छी गाउँपालिकाका ३० जना, गजुरी गाउँपालिकाका २ जना, बेनिघाट रोराङ गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै ज्वालामुखी गाउँपलिकाका ३८ जना, गंगाजमुना गाउँपलिकाका एक जना, नेत्रावती डबजोङ गाउँपालिकाका २५ जना, थाक्रे गाउँपालिकाका दुई जना, सिद्धलेक गाउँपालिकाका एक जना, धादिङ अस्पतालमा २४ जना र पालिका नखुलेका २ जना गरी कुल एक सय ३७ जनामा संक्रमण पुष्टि भएको छ। जिल्ला भित्र एक सय २६ र जिल्ला बाहिर ११ जनामा पोजिटिभ केश देखिएको छ।

यससँगै जिल्लामा सक्रिय केश एक हजार एक सय ७० पुगेको छ। संक्रमित मध्ये आड सय ८२ जना जिल्ला भित्र र दुई सय ८८ जना जिल्ला बाहिरका विभिन्न आइसोलेसनमा रहेका छन्। यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको संख्या भने २ हजार आठ सय ९३ पुगेको छ।  

जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १७ जना, संस्थागत आइसोलेसनमा धुनिबेसिमा १ जना, गल्छीमा २ जना, त्रिपुरासुन्दरीमा ३ जना, रुबिभ्यालिमा ५ जना, गजुरीमा ५ जना, बेनिघाट रोराङमा ६ जना, गंगाजमुनामा २ जना रहेका छन् भने जिल्ला भित्र होम आइसोलेसनमा ८ सय ४१ रहेका छन्। त्यसैगरी जिल्ला बाहिर हस्पिटल तथा संस्थागत आइसोलेसनमा २६ र होम आइसोलेसनमा २ सय ६२ जना रहेका छन्। आज एकैदिन थप ३१ संक्रमितले कोरोना जितेसँगै जिल्लाभर संक्रमणमुक्त हुनेको संख्या एक हजार छ सय ९१ पुगेको छ।

प्रकाशित: ४ जेष्ठ २०७८ १४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App