coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

करेन्ट लागेर एकको मृत्यु, एक घाइते

करेन्ट लागेर महोत्तरीमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। गौशाला नगरपालिका ३ नवराजपुर स्थित लबकुश इट्टाभट्टामा काम गर्ने भारत उत्तर प्रदेश जिल्ला लक्ष्मिपुर ग्राम पञ्चायत धिराखरी बस्ने ३५ वर्षीय सिताराम पासीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश बिष्टले बताएको छ।  

इट्टाभट्टामा काम गर्ने क्रममा अचानक उनको शरीरमा करेन्ट प्रवाह भएर पासी घाइते भएको र उनलाई तत्काल उपचारका लागि गोल्डेन अस्पतालमा लगिए पछि उपचारको क्रममा उनको मृत्यु हुन पुगेको डिएसपी विष्टले बताएको छ। घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।  

यसैबीच जलेश्वर नगरपालिका २ स्थित जलेश्वर फुलहटा भित्रि सडक खण्डमा ट्रकको सहचालकलाई बर्दिवास नगपालिका १२ बस्ने १८ वर्षीय रुपक रायलाई करेन्ट लागेदा उनी घाइते भएको छ।  

जलेश्वरबाट फुलहटा तर्फ गइ रहेको ना६ख ७७११ नम्बरको ट्रकको माथि सवार सहचालक राय बिजुलीको तारमा छुन पुग्दा करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। उनको उपचार जलेश्वर अस्पतालमा भई रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २ जेष्ठ २०७८ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App