४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

गण्डकी गाउँपालिकाले सञ्चालन गर्‍यो कोभिड अस्पताल

तस्बिर : नागरिक

गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोकमाकोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । डाक्टर, नर्ससहितको टिम राखेर अस्पतालबाट कोरोना संक्रमितको उपचार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले बताए ।  

‘त्यहाँ अस्पताल सञ्चालन गर्दा गाउँपालिका भित्रका जनताले सहजै सेवा पाउँछन्’, उनले भने, ‘जटिल समस्या आयो भने त्यहाँबाट काठमाडौं, चितवन रिफर गर्न पनि नजिक पर्छ ।’ राजमार्ग छेउमा रहेको घ्याल्चोक स्वास्थ्य चौकीमा आइसोलेसनसहितको अस्पताल सञ्चालन गरिएको छ ।  

स्वास्थ्यमन्त्रालयले कोभिड अस्पतालका लागि पठाएको पाँचलाख र गाउँपालिकाको थप लगानीमा अक्सिजनसहितको १० बेड सञ्चानल  गरिएको प्रमुखप्रशासकीय अधिकृत पुरण गुरुङले बताए । ‘मकैसिंङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि पाँच बेड  छ, त्यहाँ समान्य अवस्थाका र घ्याल्चोकमा थप समस्या भएका बिरामीलाई उपचार गरेका छौँ ।’

गण्डकी गाउँपालिकामा अहिले सम्म ३६ जनालाई कोरोना संक्रमण भएको छ । तिमध्ये तीन जना निको भईसकेका छन् भने २९ जना होम आइशोलेसनमा र चार विभिन्न अस्पतालको आइसोलेसनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठले बताईन् ।  

अहिले आइसोलेसन स्वास्थ्य चौकीको भवनमा संचालन गरिएको छ । भुकम्प पछि असल छिमेकीले उक्त भवन निर्माण गरिदिएको वडा अध्यक्ष रामप्रसाद रेग्मीले बताए । ‘यहाँ गाउँपालिकालाई सेन्टर पर्ने भएकाले अस्पताल उपयुक्त छ’ उनले भने ‘दुईवटा भवन थियो, एउटा आइशोलेसन र अर्को स्वास्थ्य चौकीको नियमित सेवा संचालनमा छ ।’ केही दिन भित्रै नयाँ एम्बुलेन्स पनि संचालन हुने भएकाले कोरोना संक्रमितको उपचारमा सहज हुने उनले बताए ।  

कोभिड अस्पतालमा दुई जना बिरामी भर्ना भएका मध्ये एक जना डिस्चार्ज भएका छन् । ‘अक्सिजन सहितको सेवा दिएका छौँ’ घ्याल्चोक स्वास्थ्य चौकीका इन्चार्ज बिमल रेग्मीले भने । डाक्टर, हेल्थ असिस्टेन्ट स्टाफ नर्ससहितको जनशक्ति रहेको उनले बताए ।

प्रकाशित: २ जेष्ठ २०७८ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App