१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सेती अस्पतालमा उपचाररत ६ सङ्क्रमितको मृत्यु

फाइल तस्बिर

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीका ५ र बैतडीका १ जना सङ्क्रमितको मृत्यु भएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५३ वर्षीय पुरुष, बर्दगोरिया गाउँपालिका–२ का ४० वर्षीय पुरुष, गोदावरी नगरपालिका–१० की ५८ वर्षीया महिला, गोदावरी नगरपालिका–१० कै ६४ वर्षीय पुरुष र गोदावरी नगरपालिका–१ का ४१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।  त्यस्तै बैतडीको दशरथचन्द नगरपालिका–४ का ३६ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए । रासस 

प्रकाशित: १ जेष्ठ २०७८ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App